सरकारको विरोध गर्न नआवश्यकः कांग्रेस नेता गगन थापा


राम अवतार चौधरी,
कपिलवस्तु, ६ साउन ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा युवा नेता गगन थापाले सरकारको विरोध गर्नु आवश्यक नै नरहेको बताएका छन् ।
उनले सरकारले आफ्नो खाल्डो आफै खनिरहेको कारण यसको विरोध गर्नुको कुनै अर्थ नरहेको बताए । उनले भने – सरकारले आफ्नो लागि खाडल आफै खनेको छ अब यो सरकारको कांग्रेसले विरोध गरिरहन आवश्यक नै छैन ।




नेपाली कांग्रेस कपिलवस्तुले जिल्लाको शिवराज नगरपालिका–४ चनईमा आयोजना गरेको आमसभालाई संम्बोधन गर्दै नेता थापा भने “सरकारले आफैले खनेको खाल्डोमा आफै पुरिन लागेको सरकारलाई रामराम वाहेक अरु केही भन्न सक्दिैँन्”।
कांग्रेसले प्रतिपक्षमा बसेर सरकारले गरेको उल्लेखनीय कार्यलाई सहकार्य गर्न तत्पर रहे पनि सरकारले नागरिकको पक्षमा काम गर्न नसकेको बताउँदै निर्मला हत्या काण्ड जस्ता घटना टह लगाउन आफूहरु तयार रहेको तर सरकारले अनेकौँ बहानाबाजी गरिरहेको उनले आरोप लगाए ।
विकास निर्माण र विभिन्न कानुन निर्माण गर्ने प्रक्रियामा सरकारलाई सुझाव सल्लाह सहितको सहयोग गर्न प्रतिपक्ष तयार रहेपनि सरकाले प्रतिपक्षको सुझाव लिन नचाहेकाले त्यस्तो सरकारलाई सुझाव दिन्छु भन्दै आफुहरु अगाडी नबढने बताए ।
नेता थापाले सरकार गठन भएको डेढ वर्ष सम्म पनि सरकारले जनताको पक्षमा आश्वासन दिए अनुसारको काम गर्न नसकेकाले नागरिकमा निरासा छाएको बताए ।
उनले सरकार प्रति नागरिक असन्तुष्ट छन् भनेर कांग्रेस खुशी हुनुभन्दा पनि नागरिकहरु लामो संघर्षबाट स्थापति गरेको व्यवस्था प्रति निरासा हुन्छन् की भन्ने चिन्ता गर्ने वेला आएको थापाले बताए ।
सरकारले विभिन्न बाहानामा जनतालाई आन्दोलन गर्न वाध्य बनाएकोले नागरिकहरु असन्तुष्ट भएको उनको धारणा रहेको छ ।
मुलुकमा प्रत्येक वर्ष ५ लाख नंयाँ रोजगारीको अवसरहरु सिर्जना गर्नुपर्ने आवश्यकता रहेपनि सरकारले रोजगारको अवसरहरु निर्माण गर्न नसक्दा मुलुकवाट युवाहरु बाहिरीने क्रम नरोकिएको बताए ।
स्वदेश तथा विदेशी लगानीकर्तालाई प्रोत्साहान गरी नंयाँ उधोग धन्दा स्थापना गरी रोजगारीका अवसरहरु सिर्जना गर्नुको विकल्प नभएको बताए ।
कार्यक्रममा नेपाली कांग्रेसका नेता तथा प्रतिनिधि सभा सदस्य अभिषेक प्रताप शाहले कांग्रेसले कसैलाई तोडने भन्दा पनि जोडने तर्फ अग्रसर हुनुपर्ने बताए । स्थानीय तहका प्रतिनिधिले पनि जनताको अपेक्षा अनुसार काम गर्नुपर्ने बताए ।
कार्यक्रमलाई कांग्रेस युवा नेता अजय थापा, जिल्ला सदस्य हुमाकान्त खनाल, जिल्ला सभापति सुरेन्द्रराज आर्चाय लगायतले सम्बोद्धन गरेका थिए ।



सम्बन्धित
Loading...