महिला संघको अध्यक्ष दाबी गर्दै आएकी विष्ट सदस्यबाटै बर्खास्त !
दिपकराज भट्ट
डडेल्धुरा । नेपाल महिला संघ केन्द्रीय कार्य समितिले नेपाल महिला संघ डडेल्धुरा महाधिवेशन प्रतिनिधि कमला विष्टलाई तीन वर्षका लागि नेपाल महिला संघको साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेको छ ।
शुक्रबार नेपाल महिला संघ केन्द्रीय कार्य समिति काठमाडौँले उनलाई निष्कासित गरेको जनाएको हो । नेपाल महिला संघ केन्द्रिय अध्यक्ष उमा रेग्मीद्वारा हस्ताक्षर गरिएको विज्ञप्ति जारी गरी बिष्टलाई कारवाही गरिएको जनाईएको छ ।

नेपाल महिला संघको तेस्रो जिल्ला अधिवेशन नभएको जानकारी नै छ । अधिवेशन हुन नसकेको जिल्लामा पुरानै अध्यक्ष मनकुमारी थापा नेपाल महिला संघको विधान अनुरुप कायम नै रहने प्रवधान रहेको छ । तपाई बीचमा कसरी नेपाल महिला संघ डडेल्धुरा जिल्ला अध्यक्ष हुन भयो र तपाई अध्यक्ष बन्नका लागि केन्द्रको प्रतिनिधि गएको थियो ।’ नेपाल महिला संघ केन्द्रीय कार्य समितिका अध्यक्ष उमा रेग्मीद्वारा हस्ताक्षरित पत्रमा भनिएको छ, – ‘तपाई स्वघोषित अवैधानिक अध्यक्ष बनेर जिल्लामा नेपाल महिला संघमा विवाद सिर्जना भयो? त्यसमा सत्य तथ्य बुझ्न केन्द्रबाट प्रतिनिधि समेत खटाइयो? प्रतिनिधिको प्रतिवेदन अनरुप त्यस जिल्लामा आगामी चौथो जिल्ला अधिवेदन हुन नसक्ने ठहर गरि चौथो जिल्ला अधिवेशन सम्पन्न गराउन नेपाल महिला संघको विधान अनरुप कलावति बोहरालाई केन्द्रबाट तोकी पठाएकोमा तपाई यही श्रावण ७ गते कलावति बोहरा लगायतका नेपाल महिला संघका साथीहरु माथि बर्बर आक्रमण समेत गर्न लगाएको र नेपाल महिला संघको विधानको परिच्छेद ६ को दफा २५(३) अनुसार तपाईलाई अनुशासनको कारवाही गरिएको छ।’
तत्कालिन अध्यक्ष डिला संग्रौलाले अधिवेसन गर्न नसकेको अध्यक्ष रेग्मीले बताईन । २०७३ सालमा डा. आरजु देउवा राणालाई प्रतिनिधी खटाईएको बारे आफुलाई कुनै जानकारी नभएको बताउदै उनले डडेल्धरा जस्तै अन्य आठ वटा जिल्लामा पनि दुई÷दुई जना अध्यक्ष बताउदै विवाद गरेको र अहिले अधिवेशन गरी विवाद साम्य भएको बताईन ।
तिन बर्ष पहिले डा. आरजु राणाको आतिथ्यमा डडेल्धुरामा महिला संघको अधिवेशनको उद्घाटन शत्र गरिए पनि अध्यक्ष चयन गर्न सकेको थिएन । जिल्ला कार्य समितिको निर्णयबाट अध्यक्ष चयन गर्न भनिएको जिल्ला कार्य समिती डडेल्धुराले बताए पनि विधान अनुरुप त्यसो नभएको अध्यक्ष रेग्मीको भनाई छ । विष्टले आफू महिला संघ डडेल्धुराको अध्यक्ष भएको दाबी गर्दै आएकी थिइन् । उनलाई तीन वर्षका लागि नेपाल महिला संघको साधारण सदस्यबाट निष्कासन गरिएको केन्द्रिय अध्यक्ष रेग्मीको भनाई छ ।
