भिड्ने भए आमिर र अक्षय


बलिउडमा ठुला ठुला कलाकारहरुको फिल्मको भिडन्त एक साथ कमै मात्र हुने गरेको छ । तर ठुला ठुला फिल्महरुको भिडन्त हुँदै नभएका भने होईनन् । यस्तैमा अक्षय कुमार र आमिर खानको पनि बक्सअफिसमा एकसाथ भिडन्त हुने भएको छ । अक्षय कुमार यतिबेला लगातार फिल्ममा काम गरिरहेका छन् । यसबीचमा उनको नयाँ फिल्म बच्चन पाण्डे पनि रिलिजको तयारीमा रहेको छ । भर्खरै मात्र फिल्मको पोस्टर सार्वजनिक गरिएको छ जुन पोस्टरमा उनी साउथ इन्डियन शैलीमा देखिएका छन् ।



साजिद नाडियाडवालाले निर्माण र फरहाद सामजीले निर्देशन गरेको यस फिल्ममा उनको धमाकेदार एक्सन देख्न पाईनेछ । जुन फिल्म आउँदो क्रिसमसमा रिलिज हुँदैछ । जुन मितिमा अर्का नायक आमिर खानको फिल्म लाल सिंह चड्ढा पनि रिलिज हुँदैछ । क्रिसमसमा यी दुई नायकको भिडन्त हुने निश्चित भएपछि बलिउडमा एक प्रकारको तरंग मच्चिएको छ । जुन फिल्ममा करिना कपुर नायिकाको रुपमा रहेकीछिन् ।




यी दुईले थ्री इडियट्सपछि एकसाथ काम गर्न लागिरहेका छन् । अडवाईट चन्दनले निर्देशन गरेको यस फिल्ममा आमिर सरदारको भूमिकामा रहेका छन् । हुन त सलमान , आमिर , सारुख जस्ता नायकहरुले आफनो फिल्म एक अर्काका फिल्महरुसंग जुधाउँदैनन् । यस्तोमा अक्षय र आमिरबीच पनि सहमति हुन सक्छ तर यदि भएन भने यस पटकको क्रिसमसमा उनीहरुको भिडन्तलाई कसैले रोक्न सक्दैन ।



सम्बन्धित
Loading...