नवलपरासीको सुनवलमा जुवाको खालबाट १३ जना पक्राउ


 



शोभा जिसी
नवलपरासी, १३ साउन । पश्चिम नवलपरासीको सुनवल नगरपालिकाबाट प्रहरीले तास खेलिरहेको अवस्थामा १३ जनालाई पक्राउ गरेको छ ।


जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाका अनुसार गएराति सुनवल नगरपालिका १२ भतौडीका डोलेन्द्रबहादुर खड्काको कुखुरा फर्ममा अवैध रुपमा जुवा खेलिरहेको अवस्थामा १३ जनालाई पक्राउ गरेको हो ।




नवलपरासीमा जुवाको खालबाट १० जना पक्राउ

उनीहरुको साथबाट ६५ हजार ६ सय ४५ रुपैयां बरामद गरेको उनले बताए । पक्राउ परेकालाई जुवा मुद्दा अन्तरगत म्याद थप गरी अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । नवलपरासीको गैडाकोटबाट पनि प्रहरीले जुवाको खेलिरहेको अवस्थामा १० जनालाई पक्राउ छ।

 



सम्बन्धित
Loading...