राजपा विवाद सतहमा, संयोजकले बोलाएको बैठक महासचिवलाई अमान्य


काठमाडौं : राष्ट्रिय जनता पार्टी राजपाका अध्यक्ष मण्डलका संयोजक राजकिशोर यादवले एकलौटी ढंगले पार्टी चलाउन खोजेको भन्दै पार्टी भित्रकै शीर्ष नेताहरुले असन्तुष्टि जनाएका छन्।



राजपाका महासचिव केशव झाले अध्यक्ष मण्डलका संयोजक यादवले आउँदो शुक्रबार र शनिबार अध्यक्ष मण्डलका सबै सदस्यको सहमति र सल्लाहबिना नै राजनीतिक समितिको बैठक बोलाएकाले त्यो आफूहरूलाई मान्य नहुने चेतावनी दिएका छन्।




महासचिव झाले यादवले आफूलाई हुँदै नभएको अधिकार प्रयोग गरेको बोलाएको बैठक मान्य नहुने बताएका छन्। यादवले एकलौटी चरित्र देखाएर बोलाएको बैठक बस्न सम्‍भव नभएको झाको भनाइ छ।

चक्रीय प्रणालीअनुसार गत साउन ६ गते राजपा अध्यक्ष मण्डलका संयोजक बनेका यादवसँग झासहित पार्टीका अन्य नेता कार्यकर्ताले पनि असन्तुष्टि जनाएका छन्।

 



सम्बन्धित
Loading...