पहिचान विनाको संघीयता काम छैनः चौधरी


संजय तिवारी नवलपरासी – नेकपा ९क्रान्तिकारी माओवादी० सम्बद्ध अखिल नेपाल थारु राष्ट्रिय मुक्ति मोर्चाले संबिद्यानको खारेजीको माग गरेको छ ।



मोर्चाले दोस्रो संबिद्यानसभाबाट बनेको संबिद्यान पश्चगामी रहेको तर्क गर्दै संबिद्यान खारेजीको माग गरेको हो ।
पश्चिम नवलपरासीको बर्दघाटमा सम्पन्न केन्द्रीय समितिको बैठकका निर्णय सार्वजनिक गर्न क्रान्तिकारी पत्रकार महासंघ जिल्ला समितिद्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मोर्चाका केन्द्रीय संयोजक कमल चौधरी नाम मात्रको संघीयता आवश्यक नरहेको बताए।

उनले पहिचान विनाको संघीयता कामै नलाग्ने ठोकुवा गरे।
नेता चौधरीले नक्कली संघीयता ल्याएर जनयुद्ध र जनआन्दोलनको अपमान गरिएको भन्दै थरुहट थारुवान आन्दोलनका लागि मोर्चाले तयारी गरेको जानकारी दिए।
त्यस्तै बैठकले २०७६ चैत्र १४ र १५ गते राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको उनले जानकारी गराएका थिए ।



सम्बन्धित
Loading...