कावासोतीको शिव माविमा पनि चोरी
कावासोती । कावासोतीको शिव माविमा मंगलबारराति चोरी भएको छ ।
विद्यालयमा रहेको दुई वटा नेटको राउटर र एउटा मोबाइल सेट चोरी भएको नवलपुर प्रहरीले जनाएको छ ।
एक दिन अघि कावासोतीको नवदुर्गा आभारभुत विद्यालयमा पनि चोरी भएको थियो । पछिल्लो समय विद्यालयमा चोरी हुने क्रम बढ्न थालेको छ ।