नवलपरासीको मध्यविन्दुमा बस दुर्घटना, एक जनाको मृत्यु, बसमा सवार सबै घाइते

शोभा जिसी –
नवलपरासी, ७ असोज । पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका १० जंगलमा दाङबाट काठमाडौं आउँदै गरेको ना ७ ख ८६४२ नम्बरको बस दुर्घटना हुँदा एक जनाको निधन भएको छ भने बसमा सवार सबै घाइते भएका छन् ।
बस सडक छेउ पल्टन पुगेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले बताए ।
घाइतेहरु मध्ये मकवानपुर जिल्लाको हेटौडा घर बताउने बस चालक ३५ बर्षीय लक्ष्मण तिमिल्सिनाको पुरानो मेडिकल कलेज भरतपुर चितवनमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
घाइतेहरु मध्ये १५ जनाको पहिचान भएको छ भने अन्य घाइतेहरुको विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
घाइतेहरुको कावासोतीको नवलपुर अस्पताल, कालीगण्डकी अस्पताल र चितवनको पुरानो मेडिकल कलेजमा उपचार भईरहेको छ । घाइतेहरु मध्ये १५ जनाको अवस्था गम्भीर रहेको छ ।
घाइतेहरुको विवरण
हाल सम्म खुलेका घाईतेहरु:-
- जिल्ला जिल्ला सल्यान कालीमाटी गा.पा. ४ बस्ने बर्ष २७ को राम बहादुर भोली टाउक, हातमा चोट अबस्था मध्यम नवलपुर अस्पतालमा उपचार हुदै ।
- ऐ.ऐ. बस्ने १ सलेस्वरी गा.पा. १बस्ने बर्ष २३ को रोहित चन्द खुट्टा र हातमा चोट अबस्था मध्यम नवलपुर अस्पतालमा उपचार हुदै ।
- जिल्ला सुनसरी ईनरुवा न.पा. १० बस्ने बर्ष २५ को रिजवार आलम अबस्था मध्यम नवलपुर अस्पतालमा उपचार हुदै ।
- जिल्ला रोल्पा (पश्चिम ) गंगादेब गा.पा. ६ बस्ने बर्ष ५६ को नवल सिह ओली ऊटिमा र कानमा चोट अबस्था मध्यम नवलपुर अस्पतालमा उपचार हुदै ।
- जिल्ला नवलपरासी (पूर्ब) बिनयत्रिबेणि गा.पा. १ बस्ने बर्ष ४१ को नर बहादुर श्रेष्ठ दाया आखार निधारमा चोट अबस्था मध्यम ।कालिगण्डकिअस्पतालमा उपचार हुदै ।
- जिल्ला रुकुम (पूर्ब) भुमे गा.पा. ८ बस्ने बर्ष ३४ को प्रम बहादुर बुद्ध अनुहारमा चोट अबस्था मध्यम पुरानो मरडिकल कलेज भरतपुर चितवनमा उपचार हुदै ।
- जिल्ला दाङ तुलसीपुर न.पा. १४ सह चालक बर्ष १९ को सुजन बुढाथोकी टाउ र गालामा चोट मध्यम पुरानो मरडिकल कलेज भरतपुर चितवन उपचार हुदै ।
- जिल्ल मकवान र हेटौडा घर बताउने चालक बर्ष ३५ को लक्ष्मण तिमिल्सिना सिरियस पुरानो मरडिकल कलेज भरतपुर चितवनमा उपचारको क्रममा क्रममा मृत्यू ।
- जिल्ला गिल्मी दरबडी गा.पा. ५ बस्ने बर्ष ४५ को जगदीश अर्याल दायाखुट्टाम चोट अबस्था मध्यम पुरानो मरडिकल कलेज भरतपुर चितवन उपचार हुदै । ।
- जिल्ला दाई तिलसिपुर न.पा. १ बस्ने बर्ष ३३ को स.प्र.ह प्रेम भषाल चोट बाया खुट्टमा अबस्था मध्यम पुरानो मरडिकल कलेज भरतपुर चितवन उपचार हुदै ।
- जिल्ला सल्यान कपुरकोट गा.पा. ४ बस्ने बर्ष २७ को दिपक पुन बाया हातमा चोट अबस्था मध्यम पुरानो मरडिकल कलेज भरतपुर चितवन उपचार हुदै ।
- ऐ.ऐ. कालिमाटि गा.पा. ४ बस्ने बर्ष २० को प्रकास के.सी. दाहातमा चोट अबस्था मध्यम पुरानो मरडिकल कलेज भरतपुर चितवन उपचार हुदै ।
- ऐ.ऐ. कालिमाटि गा.पा. ४ बस्ने बर्ष ३५ को लेखराज के.सी. दाया खुट्टामा चोट अबस्था सामान्य पुरानो मरडिकल कलेज भरतपुर चितवन उपचार हुदै ।
- जिल्ला सल्यान कपुरकोट गा.पा. ३ बस्ने बर्ष ४२ दल बहादुर ओली बाया हातमा चोट अबस्ता मध्यम पुरानो मरडिकल कलेज भरतपुर चितवन उपचार हुदै ।
- जिल्ला दा, तुलसिपुर उ.म. न.पा. ५ बस्ने बर्ष ४० कि दुर्गा परीयार नाकमा चोट अबस्था मध्यम पुरानो मरडिकल कलेज भरतपुर चितवन उपचार हुदै ।
- ऐ.ऐ. बस्ने बस्ने बर्ष २४ कि कल्पना परियार दाया खुट्टामा चोट अबस्था सामन्य पुरानो मरडिकल कलेज भरतपुर चितवन उपचार हुदै ।
साथै अन्य अईतेहरुको बारेमा बुझ्ने कार्य भईरहेको ।
अन्य समाचार
कावासोतीमा ट्रक र कार ठक्कर खादा ५ जनाको मृत्यु
दुखद खबरः कावासोतीमा ट्रकको ठक्करबाट कारमा सवार पाँचै जनाको…