दुखद खबरः कावासोतीमा ट्रकको ठक्करबाट कारमा सवार पाँचै जनाको मृत्यु, ३ जनाको सनाखत (अपडेट–भिडियो सहित)

रामकुमार श्रेष्ठ
नवलपरासी, ७ असोज । पूर्वी नवलपरासीको कावासोती नगरपालिका ८ को खरकट्टा जंगलमा सोमबार राति सवारी दुर्घटना हुदा ५ जनाको मृत्युु भएको छ ।
पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको लु १ ख ८५३२ नम्बरको ट्रकले विपरित दिशाबाट आउँदै गरेको बा २१ च ६४०९ नम्बरको कारलाई ठक्कर दिएको हो ।
ठक्करबाट कारमा सवार ५ जना पुरुषको निधन भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । प्रहरीका अनुसार नवलपरासीको देवचुली नगरपालिका १ केउरानीका ३५ बर्षीय दिपक भन्ने पूर्णबहादुर विक, देवचुली ५ का दिलबहादुर ढेंगा मगर र कैलाली जिल्लाका सुरज राना मगरको सनाखत भएको छ । बाँकी २ जनाको अझै सनाखत हुन सकेको छैन ।

ठक्कर दिने ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका कारका यात्रुहरुको जिल्ला सरकारी अस्पताल भरतपुर चितवनमा उपचारको क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले बताए ।
Vedio
https://www.youtube.com/watch?v=l_lrkeFimP0
नवलपरासीको मध्यविन्दुमा बस दुर्घटना, एक जनाको मृत्यु, बसमा…
कावासोतीमा ट्रक र कार ठक्कर खादा ५ जनाको मृत्यु