नेपाली काँग्रेसको दोस्रो जागरण अभियानको अन्तिम दिन कावासोतीमा जिल्ला स्तरीय सभा




नवलपरासी, ७ असोज । नेपाली काँग्रेसको दोस्रो चरणको जागरण अभियानको अन्तिम दिन मंगलबार नवलपुर जिल्लाको कावासोतीमा जिल्ला स्तरीय सभा गरिएको छ ।
सभामा बोल्ने वक्ताहरुले दोस्रो चरणको जागरण अभियान पछि पार्टीका कार्यकर्ताहरुबीच एकताको भावना विकास गरेको र कार्यकर्ताबीच उत्साह जगाएको भन्दै अभियानले पार्टीलाई सबैभन्दा ठूलो पार्टीको रुपमा विकास गर्ने दावी गरे ।
कार्यक्रममा गण्डकी प्रदेश सभाका नेपाली काग्रेसका संसदीय दल प्रतिपक्ष दलका नेता कृष्ण चन्द्र नेपाली, पार्टीका केन्द्रिय प्रतिनिधिहरु संविधान सभा सदस्य रामहरि खतिवडा, शंकर पाण्डे, रघुनाथ पौडेल, शंकर जोशी, सरस्वती तिवारी लगायतले सम्बोद्धन गरेका थिए ।
नेपाली काँग्रेस नवलपुरका सभापति एवम् गण्डकी प्रदेश सभा सदस्य विष्णु लामिछानेको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन जिल्ला सचिव बालकृष्ण घिमिरेले गरेका थिए ।



सम्बन्धित
Loading...