नेवा राष्ट्रिय मुक्ती मोर्चा काठमाडौं पूर्वी महानगर कमिटि गठन, अध्यक्षमा श्रीकृष्ण
काठमाडौं । नेकपा क्रान्तिकारी माओबादीको भात्रुसंगठन नेवा राष्ट्रिय मुक्ती मोर्चाको काठमाडौ जिल्लाको पूर्वी महानगर कमिटी गठन भएको छ ।
नेवा राष्ट्रिय मुक्ती मोर्चा केन्द्रीय महा सचिव क. शिव श्रेष्ठको प्रमुख आतिथ्य पूर्वी महानगरका सेक्रेटरी क. बोजराज श्रेष्ठको विशेष आतिथ्य तथा ११ नं वडाको वडा ईञ्चार्ज क. मंगल तामाङ्ग, नेवा राष्ट्रिय मुक्ती मोर्चाका केन्द्रीय सदस्य अजय बज्रचार्यको आतिथ्यमा भएको भेलाले नयाँ कमिटी गठन गरेको हो ।
उक्त अबसरमा प्रमुख अतिथि क. शिव श्रेष्ठले भाव संम्प्रेशण गर्नु भएको थियो भने विशेष अतिथि क. बोज राज श्रेष्ठले पार्टीको तर्फबाट शुभकामना दिंदै नयाँ कमिटिको प्रस्ताव पेश गर्नु भएको थियो ।
श्रीकृष्ण गैंडाको अध्यक्षतामा बनेको नयाँ कमिटिमा उपाध्यक्ष लक्ष्मी मास्के, सचिव सागर श्रेष्ठ, सह सचिव सुरेनद्र साही, कोषध्यक्ष जित बहादुर श्रेष्ठ, सदस्यहरुमा चन्द्रलक्ष्मी पोडे, लक्ष्मी मर्हजन, कृष्ण प्यारी तण्डुकार, मंजु श्रेष्ठ, छविलाल श्रेष्ठ, तेज बहादुर श्रेष्ठ, सुरेनद्र श्रेष्ठ रहनु भएको छ । कार्यक्रम किरण श्रेष्ठको सभापतित्वमा सञ्चालन भएको थियो ।