कुमार थापा मगरको उही पुरानो मान्छे भेटियो




कमला राना मगर –
असोज २४, नवलपरासी
पूर्वी नवलपुरबासी कुमार थापा मगरको कौराह गीत उही पुरानो मान्छे भेटियो गीतको छायांकन सकिएको छ ।
नवलपुर देवचुली नगरपालिका वडा नम्बर १ घर भइ हाल अमेरिकाको न्युयोर्क बस्दै आएका कुमार थापा मगरको शव्द लय र स्वर रहेको उही पुरानो मान्छे भेटियो बोलको कौराह गीतमा नवलपुरकी लोक गायिका रुपी सिंजाली मगरले समेत स्वर दिएकी छिन् ।
नवलपुरका देवचुली नगरपालिका वडा नम्बर ९ विशालटारमा छायांकन गरिएको उतm गीतमा स्थानीय कलाकारहरुको नृत्य रहेको छ भने नृत्य निर्देशक सोफिन बराल मगर रहेका छन् ।


कर्म भुमि विदेश रहे पनि आफ्नो जन्मभूमि नेपालको भाषा सस्कृति जगेर्ना गर्ने उद्देश्य सहित कौराह गीतको निर्माण गरिएको गायक तथा रचनाकार कुमार थापा मगरले बताए ।
विशेष गरी स्थानीय नवलपुरका कालाकारहरुको प्रतिभाको प्रफुस्टन तथा अवसरको लागि समेत नवलपुरमै गीतको छायांकन गरिएको थापाको भनाइ रहेको छ ।
आफ्नो सस्कार तथा परम्परालाइ जोगाइ राख्नको लागि अभिलेख मार्फत भावि पुस्तालाइ हस्तान्तरण गर्न जरुरी रहेको बताउदै गायक तथा रचनाकार थापा मगरले आउदो दिनहरुमा समेत यस्ता गीतहरु फेरि निर्माण गर्ने प्रतिवद्धता जनाए ।
मगर समुदायको राष्ट्रिय मौलिक नाचको रुपमा सुचिकृत कौराह नाचको छायांंकन आफ्नै गाउ वडामा हुंँदा निकै खुसी लागेको राष्ट्रिय मौलिक कौराह नाचका नवलपुर जिल्ला अध्यक्ष मेख बाहादुर शारु मगरले बताए ।
विदेशी भुमिमा रहेर पनि आफ्नो मातृभाषा सस्कृति जगेर्नाको निम्ति अमेरिकाबासी थापा मगरले हाम्रो संस्कार परम्परा कहिल्यै नमिटिने कार्य गरेको बताउदै अध्यक्ष शारुले गायक तथा रचनाकार कुमार थापा मगर धन्यवादको पात्र रहेको भन्दै खुशि व्यतm गरे ।




सम्बन्धित
Loading...