चीनका राष्ट्रपति सी भारतको चेन्नइबाट काठमाडौं प्रस्थान




असोज २५, २०७६ चीनका राष्ट्रपति भारतको चेन्नइबाट नेपालका लागि प्रस्थान गरेका छन्।

दुई दिने भारतको अनौपचारिक भ्रमणमा रहेका सी जिनपिङ नेपाल भ्रमणका लागि शनिबार दिउँसो प्रस्थान गरेको भारतीय समाचार एजेन्सी एएनआइले लेखेको छ। सी भारतको चेन्नइस्थित महाबलिपुरममा दुई दिने अनौपचारिक भ्रमणमा थिए।




जहाँ उनले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग अनौपचारिक छलफल गरेका थिए। भारतको भ्रमण सकेर सी काठमाडौंका लागि प्रस्थान गरेका हुन्। उनी अपराह्न ५ बजे काठमाडौंस्थित अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्ने कार्यतालिका रहेको छ।

राष्ट्रपति सीलाईत्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रपति विद्यादेवी भण्डारीले स्वागत गर्ने कार्यक्रम रहेको छ। जहाँ सैनिकको एक टुकडीले सलामी अर्पण गर्नेछ।

सी राजधानीको सोल्टी होटलमा बस्ने कार्यक्रम तय भएको छ। उनले आजै ६: ३० बजे  राष्ट्रपति भवन शीतलनिवासमा राष्ट्रपति भण्डारीसँग छलफल गर्ने कार्यक्रम रहेको छ।



सम्बन्धित
Loading...