सुनको मूल्य घट्यो,चाँदीको बढ्यो




असोज २६, २०७६ काठमाडौं : सुनको मूल्य दसैँ सकिएसँगै घट्ने क्रम जारी छ। आइतबार छापावाला सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले घटेर  प्रतितोला ७० हजार १०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।  त्यस्तै‚ तेजाबी सुनको मूल्य ६९ हजार ८०० रुपैयाँ निर्धारण गरिएको महासंघले जनाएको छ। चाँदी भने प्रतितोला ८४५ रुपैयाँमा कारोबार भइरहेको छ ।  शुक्रबार छापावाल ७० हजार ४०० रुपैयाँमा  त्यस्तै तेजाबी सुनको मूल्य ७० हजार १०० रुपैयाँमा कारोबार भएको थियो। उक्त दिन चाँदी प्रतितोला ७२४ रुपैयाँमा कारोबार भएको थियो।



सम्बन्धित
Loading...