हिजाेकाे भूमिकाले आजकाे याेग्यता पुग्दैन : सुरेन्द्र पाण्डे
नेपाल कम्युनिष्ट पार्टी ( ने क पा ) का स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेले हिजाेकाे भूमिकाले आजकाे याेग्यता नपुग्ने बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी ( नेकपा) गैडाकाेट नगर समितिकाे आयाेजनामा विभिन्न चाडपर्वकाे अवसरमा गरिएकाे शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा बाेल्दै पाण्डेले पार्टी एकताकाे सन्दर्भमा पार्टी अधिवेशन पछि मात्रै पार्टी एकता पुरा हुने बताएका छन् ।
हिजाेका भिन्न भिन्न शैली बाट आएकाे पार्टीहरू एक हुँदा समय लाग्ने बताएका छन् । हिजाे भूमिगत भएका, बन्दुक बाेकेका र जेल बसेकाे भरमा आजकाे आवश्यकता पुरा नहुने हुँदा अाजकाे लागि त्यही अनुसारकाे याेग्यता पुगेकाे हुनु पर्ने बताएका छन् ।
पूर्व अर्थमन्त्री समेत रहेका पाण्डेले नेपालमा रूस र चाईनाकाे जसरी समाजवाद ल्याउन नसकिने हुँदा फरक तरिकाले समाजवाद ल्याउनु पर्ने बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गैडाकाेट नगर समितिद्वारा गरिएकाे शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा नगर समिति अध्यक्ष षडानन्द लामिछानेकाे अध्यक्षता र नेपाल कम्युनिष्ट पार्टी ( नेकपा) का स्थायी समिति सदस्य तथा पूर्व अर्थ मन्त्री सुरेन्द्र पाण्डेकाे प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएकाे हाे ।
कार्यक्रममा गैडाकाेट नगर प्रमुख छत्रराज पाैडेल, नेपाल कम्युनिष्ट पार्टी ( नेकपा) का गण्डकी प्रदेश सदस्यहरू मित्रशरण शर्मा, धनप्रसाद सापकाेटा, कृण्ण पाैडेल, राेशन गाहा, केन्द्रीय समिति सदस्यहरू रविन्द्र अधिकारी, किशन शर्मा लगायतका नेताहरूले विभिन्न चाडपर्वकाे अवसरमा शुभकामना आदानप्रदान गरेका थिए ।

