दुर्गेशले ‘तिहार गीत’ युट्यूबबाट हटाए
गायक दुर्गेश थापाको विवादित ‘तिहार गीत’ यूट्यूवबाट हटाइएको छ । प्रहरीको अनुरोधमा गीत हटाउन आफू तयार भएको थापाले अनलाइनखबरलाई बताए ।
थापाको गीतका विरुद्ध जिल्ला प्रशासन कार्यालयमा उजुरी परेको थियो । जिप्रकाले महानगरीय प्रहरी अपराध महाशाखा टेकुलाई पत्र लेखेको थियो । सोही पत्रका आधारमा आजै महाशाखाले गोंगबुबाट थापालाई पक्राउ गरेको छ ।
‘उहाँहरुले हटाउनुपर्छ भनेपछि यूट्यूवबाट हटाइएको छ,’ थापाले भने । थापाको गीतले देउसीलाई विकृत तरिकाले प्रस्तुत गरेको र संस्कृति विगारेको आरोप लागेको छ । साथै गीतमा वीयरको प्रचार पनि गरिएको छ । यूट्यूवमा राम्रो भ्यूज बटुले पनि अत्यधिक आलोचना भएको थियो । आलोचनाका कारण थापाले कमेन्ट बक्स नै खाली गरिदिएका थिए । थापाको च्यानलबाट गीत हटे पनि अन्य व्यक्तिहरुले कपि गरेर यूट्यूबमा राखेका छन् ।