दशगजामा भारतविरुद्ध विद्यार्थीको प्रदर्शन


 भारतीय अतिक्रमणको बिरोधमा झापाको पश्चिम दक्षिणी दशगजा क्षेत्रमा विद्यार्थीले संयुक्त रुपमा बिरोध प्रदर्शन गरेका छन्।



झापाको गौरीगञ्ज बजार दक्षिण दसगजा क्षेत्रमा नै पुगेर उनीहरूले भारतबिरोधी नारा लगाएका हुन्। गौरादह बहुमुखी क्याम्पस र कृषि क्याम्पस गौरादहका विद्यार्थीले संयुक्तरुपमा गौरीगंज गाउपालिकाको नेपाल-भारत सीमाक्षेत्र फत्तेपुर पुगी नेपालको राष्ट्रिय झन्डा प्रदर्शन गर्दै नाराजुलुस गरेर बिरोध प्रदर्शन गरेका हुन्। बिहीबार बिहान गौरीगंज गाउपालिकाको फत्तेपुर नाकाको दशगजा क्षेत्रमा पुगेर विद्यार्थीले ‘गो ब्याक इन्डिया’ को नारा लगाउँदै प्रदर्शन गरे।

गौरादह बहुमुखी क्याम्पस र कृषि क्याम्पस गौरादहको इकाई समिति नेपाल विद्यार्थी संघको संयुक्त अगुवाईमा पुगेका उनीहरूले ‘भारतीय विस्तारवाद मुर्दावाद, गो ब्याक इन्डिया, हाम्रो भूमि हाम्रो देश, प्राण भन्दा प्यारो छ’ लगायतका नारा लगाउँदै दशगजा क्षेत्रमा पुगी उनीहरूले कोणसभा गरेका थिए। कोणसभा भइरहेको समयमा भारतीय प्रहरी मुकदर्शक बनेका थिए। उनीहरूले भारती नागरिकलाई आफ्नो मोवाइल फोन सेट दिएर कार्यक्रमको भिडियो बनाई फोटो समेत खिच्न लगाएका थिए। कालापानी, लिपुलेक र लिम्पवाधुरा नेपालको भूभाग भएकको बताउँदै भारतले बिनाशर्त भारतीय नक्शाबाट हटाउनु पर्ने आवाज उठाएका थिए।




कोणसभामा विद्यार्थी नेता महेन्द्र भट्टराईले भारतीय विस्तारवाद नीतिको विरोध गर्दै नपालको एक टुक्रा जमिन पनि अतिक्रमण गर्न नदिने बताए। यस्तै नेविसंघ झापा सभापति राजेन्द्र उप्रेतीले कालापानी, लिपुलेक र लिम्पवाधुरा क्षेत्र जुनसुकै हालतमा भारतले नेपाललाई फिर्ता गर्नु पर्ने बताए।

कोणसभामा कमल गाउँपालिकाका नेविसंघ सभापति जितेन साम्पाङ राई, गौरादह कृषि क्याम्पसका नेविसंघ इकाइ सभापति कुशल लामिछाने, गौरीगंज बहुमुखी क्याम्पसका स्ववियु सभापति देव ताजपुरिया लगायतले सम्बोधन गरेका थिए भने कार्यक्रमको सञ्चालन नेविसंघ गौरादह नगरसभापति बाबुराम नेपालले गरेका थिए।



सम्बन्धित
Loading...