सुनवलको व्यापार मेलामा अचानोको व्यापार राम्रो
- गोपी ज्ञवाली

नवलपरासी (सुनवल) । उद्योग वाणिज्य संघ सुनवलले आयोजना गरेको औद्योगिक व्यापार मेलामा मासु कट्ने अचानोको राम्रो व्यापार भएको छ ।
सामुदायिक वनले अचानो बनाएर व्यापार मेलामा विक्रीका लागि राखेको छ ।
स्थानीय उत्पादनहरुलाई स्थान दिईने भन्दै आयोजना गरिएका औद्योगिक व्यापार मेलामा सुनवलको विशासय सामुदायिक वन र जनउदय सामुदायिक वन उपभोक्त समितिले मेलामा मासु काटने अचानोको स्टल लगाएको छ ।
मेलामा आउने दर्शकहरुले मेला शुरुका दिनदेखि नै मासु काट्ने अचानोको किनमेल उच्च रहेको र सोचेभन्दा बढी व्यापार भएको विशासय सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष तपसिंह धानीले बताए ।
अध्यक्ष धानीका अनुसार पाँच दिनमा ३० हजार रुपियाको मासु काटने अचानोको विक्री भइसकेको छ ।
कुसुमको काठको बनाईएको अचानोहरु सानोदेखि ठूलोसम्म विभिन्न आकारका रहेका छन् । एक सयदेखि आठ सयसम्मको मूल्यका अचानोका काठहरु दैनिक जसो विक्री हुने गरेको बताईएको छ । ढलापडा काठबाट बनाईएको पहिलो चरणको अचानोहरु सकिए पछि पुन अन्य अचानोहरु बनाएर मेलामा ल्याईएको बताईएको छ ।
वनको क्षेत्र साँगुरिदै जाने र गाँउका साना बजारहरु पनि सहरीकरण हुदै गए पछि मासु काटने अचानोको अभाव भएको अवश्थामा मेलामा अचानो राखिए पछि व्यापार राम्रो भएको बताईएको छ ।