कास्की–२ मा भट्टराईले बनाइन् दोब्बर मतको अग्रता.


उपनिर्वाचनको एक मात्र प्रतिनिधिसभाको निर्वाचन भएको कास्की निर्वाचन क्षेत्र नम्बर–२ मा नेकपा उम्मेदवार विद्या भट्टराईले अग्रता फराकिलो बनाउँदै लगेकी छन्।



अहिलेसम्म पोखरा महानगर ३३ र २१ वडाको मत गणना सकिएको छ। दुई वटा वडाको मत गणना गर्दा नेकपाकी उमेद्वार विद्या भट्टराई काग्रेसका उमेद्वार खेमराज पौडेल भन्दा दोब्बर मतान्तरले अगाडी छिन्। पछिल्लो मतपरिणाम अनुसार  विद्याले ६ हजार ७ सय ९५ मत ल्याउँदा खेमराजले  ३ हजार ९४ मत ल्याएर पछ्याइरहेका छन्। कास्की २ मा ७१ हजार आठसय ७१ मतदाता रहेपनि ४५ हजार ५६३ जनाले उपनिर्वाचनमा मतदान गरेको जिल्ला निर्वाचन कार्यालय कास्कीका सुचना अधिकारी रुद्र न्यौपानेले जानकारी दिए।




त्यस्तै तीन प्रदेशसभाको पनि मतगणना पनि जारी नै रहेको छ। धरान उपमहानगरपालिकामा कांग्रेस र नेकपाबीच कडा प्रतिस्पर्धा भइरहको छ।
.



सम्बन्धित
Loading...