सागमा नेपालले जित्यो तीन स्वर्ण




काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपालले तेस्रो स्वर्ण पदक जितेको छ ।

तेक्वान्दोको पुम्सेमा २९ वर्षमुनिको प्रतिस्पर्धामा कमल श्रेष्ठले स्वर्ण जितेका हुन् ।




कराँतेका मण्डेकाजी श्रेष्ठले पुरूष एकल कातामा स्वर्ण पदक जितेका हुन् ।

उनले पाकिस्तानी खेलाडी निएमातुलिएहलाई पराजित गरे । मण्डेकाजीले २५.७२ अंक पाए भने पाकिस्तानी खेलाडीले २४.९२ अंक पाए ।

यसअघि कराँतेको व्यक्तिगत काता महिलातर्फ नेपालकी चञ्चला दनुवारले रजत पदक जितेकी छन् ।
कराँतेको पुम्सेमा कमल श्रेष्ठले नेपाललाई स्वर्ण पदक दिलाएका छन् । यससँगै सागमा नेपालको तीन स्वर्ण, एक रजत र एक काष्य भएको छ ।

नवलपरासीकी कल्पना श्रेष्ठ साग खेलकुदमा दुई खेल्दै

 



सम्बन्धित
Loading...