भारतको दिल्लीबाट नेपाल आउँदै गरेको बसमा तस्करी, एक करोड बढीको अवैध सामग्री नवलपरासीको भूमहीमा बरामद


  • जनक पान्डेय



नवलपरासी । भारतको दिल्लीबाट नेपालसम्म आउदै गरेको ना ८ ख १२०३ नम्बरको यात्रुवाहक बसमा तस्करी हुने गरेको खुलेको छ । शनिबार नवलपरासीको भूमहीबाट प्रहरीले उक्त बसबाट एक करोड बढीको  सामग्री बरामद गरेको हो ।
प्रहरीले अवैध सामग्री सहित बस र बस चालकलाई पनि नियन्त्रणमा लिएको छ ।
पक्राउ पर्नेमा बसका चालक रसुवा निवासी वेद्रावती गाउपालिका वार्ड न १ का अन्दाजी ३७ बर्षका पविन महर्जन रहेको भुमही प्रहरीले जनाएको छ । भारतबाट नेपाल आएको उक्त पर्यटकबसबाट एक करोड बढीको अवैध सामग्री बरामद गरेको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायव उपरीक्षक विरेन्द्र थापाले बताए ।
जिल्ला प्रहरी कार्यालय नवलपरासीको टोलीले विशेष सुराकीको आधारमा बसलाई अवैध सामग्री बरामद गरेको हो ।
बसबाट छत मुनि लुकाएर राखिएको अवस्थामा १ सय ४९ थान ट्रयाकसुट कपडा, एक बोरामा ५० थानका दरले राखिएको २१ बोरा कपडा, ८ कार्टुन औषधि, ७ थान प्रति प्याकेटका दरले ८ प्याकेट मोवाइल फोन प्रहरीले बरामद गरेको छ ।
एक करोड भन्दा बढीको सामग्री महेशपुर भन्सारबाट भन्सार गर्ने प्रावधान नभएका कारण बरामद सामान भैरहवा भन्सार कार्यालयलाई बुझाईएको प्रहरीले जनाएको छ ।



सम्बन्धित
Loading...