बैंकिङ प्रणाली ह्याक गरी ठूलो रकम चोरी गर्न खोज्ने तीन जना पक्राउ
प्रहरीले बैंकिङ प्रणाली ह्याक गरी ठूलो रकम चोरी गर्न खोज्ने समूहका तीन जनालाई पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
महाशाखाले पक्राउ परेकाहरुबारे आधिकारिक जानकारी दिन आज १ बजे पत्रकार सम्मेलनको आयोजना गरेको छ । ह्याकरको समुहबाट बैंकको लाखौं रुपैयाँ जोगाएको प्रहरीको दाबी छ ।
केही समयअघि विभिन्न बैंकको प्रणाली ह्याक गरी लाखौं रुपैयाँ चोरी भएको थियो । चोरीमा संलग्न चिनियाँसहित दर्जनबढी पक्राउ परेका छन् ।