क्रान्तिकारी माओवादीको बैचारिक प्रशिक्षण




बुटवल ११ पुष। नेकपा (क्रान्तिकारी माओवादी) प्रदेश पाँचको बैचारिक प्रशिक्षण प्युठानको सरुमारानी २ दर्भानमा भएको छ । प्रशिक्षणमा पार्टीका स्थायी समिति सदस्य राजवीरले संगठन र संर्घषलाई जोडेर प्रतिरोध संर्घष गर्नुपर्नेमा जोड दिए ।

उनले क्रान्तिकारीहरुको धुब्रीकरणको बेला आएको बताउदैं धुब्रीकरणमा जोड दिन कार्यकर्तालाई निर्देशन दिए । कार्यक्रम सो पार्टीका प्रदेश सेक्रेटरी प्रमोदको अध्यक्षतामा भएको थियो । त्यस्तै शनिवार प्रदेश कमिटीको बैठक सम्पन्न गरेर देजमोको बैठक हुने सो पार्टीले जनाएको छ ।



सम्बन्धित
Loading...