नेकपा कावासाेतीकाे कार्यालय र सचिवालय विस्तार – सूची सहित
कावासाेती । नेपाल कम्युनिष्ट पार्टी ( ने क पा ) कावासाेती नगर समितिकाे तेस्राे पूर्ण बैठकबाट नगर समितिकाे कार्यलय र सचिवालय समिति बिस्तार गरेकाे छ ।
दुई पछि थप गर्ने गरि कार्यलयमा विष्णु प्रसाद ढुङ्गना, रमिला भूजेल, राजेन्द्र पाण्डे र हरि बस्नेतलाई चयन गरिएकाे छ । त्यसैगरी ३ सदस्य पछि थप गर्ने गरी २७ सदस्सीय सचिवालय निर्माण गरेकाे छ ।
नेपाल कम्युनिष्ट पार्टी ( ने क पा ) का केन्द्रीय सदस्य किशन शर्माकाे प्रमुख आतिथ्यतामा बसेकाे बैठकमा जिल्ला अध्यक्ष राेशन गाहा, जिल्ला सचिव मित्रशरण शर्मा विहानीकाे उपस्थिति रहेकाे थियाे भने बैठककाे अध्यक्षता नगर अध्यक्ष विष्णुप्रसाद ढुङ्गनाकाे रहकाे थियाे ।

