सिपी गजुरेल लगायतको नेताहरुको गिरफ्तारीप्रति देजमो प्रदेश ४ को विरोध




पोखरा । राष्ट्रिय स्वाधिनता र सिमा रक्षाको विषयलाई लिएर ज्ञापन पत्र बुझाउँन जाँदा आफ्नो नेताहरुलाई धरपकड गरेको र गिरफ्तार गरेकोप्रति देशभक्त जनणतान्त्रिक मोर्चा नेपाल प्रदेश नं. ४ ले विरोध गरेको छ ।
सोमबार प्रेस विज्ञप्ति जारी गर्दै घटनाको निन्दा गरेको हो । गिरफ्तारीमा परेको देशभक्त गनगणतान्त्रिक मोर्चा नेपालका अध्यक्ष सिपी गजुरेल, महासचिव परि थापा लगायतका १५ जना नेताहरुलाई सोमबार विहान रिहा गरेको छ ।
नेकपा क्रान्तिकारी माओवादी समर्थित देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालले राष्ट्रिय स्वाधिनता र सीमा रक्षाको माग गर्दै देशभर सभा, जुलुस गर्नुका साथै सरकारलाई ज्ञापन पत्र बुझाएको छ । सोही क्रममा आइतबार प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउँन जाँदा प्रहरीले हस्तक्षेप गरी ज्ञापन पत्र बुझाउन जानेमाथि लाठी चार्ज गर्नुका साथै १५ जनालाई गिरफ्तार गरेको थियो ।
राष्ट्रिय स्वाधिनताको रक्षार्थ ज्ञापन पत्र बुझाउन जाँदा समेत सरकारद्धारा गरिएको फाँसीवादी निर्मम दमन, लाठी चार्ज र गिरफ्तारी गरेको भन्दै देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल प्रदेश नं. ४ ले सोमबार विज्ञप्ति जारी गर्दै घटनाको भत्र्सना गरेको छ ।
देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल प्रदेश नं. ४ का अध्यक्ष नेत्र रानाभाटद्वारा जारी विज्ञप्तिमा घाइतेहरुको उपचारको उचित प्रवन्ध गर्न पनि सरकारसँग माग गरेको छ ।



सम्बन्धित
Loading...