नवप्रतिभा सहकारीको पाँच करोड नाफामा 


  • प्रेमचन्द रौनियार  –


त्रिवेणी (नवलपरासी) । पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका १० अरुणखोलामा रहेको नवप्रतिभा वचत तथा ऋण सहकारी संस्था लिमिटेडको २२ औँ साधारण सभा विनयी त्रिवेणी गाउँपालिका ७ त्रिवेणीमा भएको छ ।




संस्थाको अध्यक्ष चन्द्रमणि खरेलको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश नम्बर ५ का सांसद दिपेन्द्र अधिकारी, प्रतापपुर गाउँँपालिकाका अध्यक्ष राजकुमार शर्मा, सुस्ता गाउँपालिकाका अध्यक्ष रामप्रसाद पाण्डे, विनयीत्रिवेणी, सुस्ता र प्रतापपुर गाउपालिकाका वडाअध्यक्ष, सदस्यहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा संस्थाका म्यानेजिङ्ग डाईरेक्टर रामप्रसाद काफ्लेले आर्थिक वर्ष २०७५÷०७६ को १ अरब ५४ करोड ९८ लाख ४२ हजार ३९ सयको आर्थिक प्रतिवेदन र आगामि वर्ष २०७६÷०७७ को २ अरब २० करोड ८५ लाख १७ हजार ५२५ रुपयाको प्रस्तावित प्रतिबेदन प्रस्तुत गरेका थिए ।

संस्थाले गत वर्षको तुलनामा आर्थिक वर्ष ०७५÷०७६ मा ४०.०१ प्रतिशतले आर्थिक वृद्धि हासिल गरी ५ करोड ८१ लाख ६८ हजार ३ सय १३ रुपैयाँ नाफा कमाएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।  साधारण सभामा उत्कृष्ट बचतकर्ता र समयमा सावाँ व्याज बुझाउने समूहलाई र १५ जना जेष्ठ नागरिकलाई सम्मान गरिएको थियो भने विपन्न वर्गका ८ जना छात्रछात्रालाई एक वर्षको छात्रवृत्ति प्रदान गरिएको थियो ।



सम्बन्धित
Loading...