पोखरामा ठूलो परिणामको लागूऔषध सहित २ जना पक्राउ


पोखराबाट ठूलो परिणामको लागूऔषध सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पोखरा महानगरपालिका–१३, काहुँखोलाबाट वडा प्रहरी कार्यालय रामबजारको प्रहरी टोलीले २८० एम्पुल लागूऔषध सहित २ जनालाई पक्राउ गरेको हो ।



पक्राउ पर्नेमा पोखरा महानगरपालिका–१३ पाटनवेशीका २१ वर्षीय अनुप तामाङ र शिसुवाका १९ वर्षीय विशाल परियार रहेको वडा प्रहरी कार्यलय रामबजारले जनाएको छ । चेकजाँचका क्रममा प्रहरी देखिपछि भाग्न खोज्दा ग ०७ प ६१२४ नम्बरको मोटरसाइकलमा सवार रहेका दुईजनालाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले उनीहरुको साथबाट ९४ एम्पुल डाइजोपाम, ९४ एम्पुल नर्पिmन र ९२ एम्पुल फेनरागन गरी २८० एम्पुल लागूऔषध, २ थान मोबाइल र मोटरसाइकल समेत बरामद गरेको छ ।




पक्राउ परेका दुवै जनालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कास्की पठाइएको वडा प्रहरी कार्यालय रामबजारका प्रमुख प्रहरी निरीक्षक प्रकाश थापाले बताए ।



सम्बन्धित
Loading...