चितवनमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु


चितवनमा गएराति भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ । मृतकको पहिचान खुलेको छैन ।



रत्ननगर नगरपालिका–४ देबैलीस्थित सडकखण्डमा रोकिराखेको ना५ख ६४४५ नंम्बरको मिनीट्रकमा सौराहादेखि टाँडीतर्फ आउँदै गरेको ना३८प ८३२८ नंको मोटरसाइकल ठक्कर खाँदा दुर्घटना भएको हो ।

दुर्घटनामा घाइते करीब २९ वर्षका पुरुषको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।




मृतकको शव परीक्षणका लागि अस्पतालको शवगृहमा राखिएको छ । दुवै सवारीसाधन र ट्रकका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।



सम्बन्धित
Loading...