धनुषामा शंकास्पद बस्तुको आतंक बढ्दो, सुरक्षाकर्मीसमेत हैरान
जनकपुरधामको सीता चोकमा शंकास्पद झोला फेला परेको छ । आज विहान एउटा पसलको मुनी झोला फेला परेपछि प्रहरीले सुरक्षा सतर्कताका लागि घेरा हालेर त्यो वरिपरीवाट आवतजावतमा रोक लगाएको छ ।
बम रहेको वा झोलामा के रहेछ जाँच गर्न नेपाली सेनाको बम डिस्पोजल टोलीलाई बोलाइएको धनुषाका प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले जनाएका छन ।
धनुषाको महेन्द्रनगरमा झोला फेला परेपछि त्यहाँ विस्फोट भएको घटनापछि धनुषामा आधा दर्जन भन्दा बढी यसप्रकारको शंकास्पद समान फेला परिसकेको छ । महेन्द्रनगर बाहेक अहिलेसम्म कुनैमा बम फेला परेको छैन । तर गैर जिम्मेवार ढंगले कुनै काम प्रहरीले नगर्ने प्रहरी नायव उपरीक्षक कार्कीले वताए ।
क्षीरेश्वरनाथ नगरपालिकाको महोन्द्रनगरमा प्रहरी निरीक्षक अमिर दाहाल, औषधि व्यवसायी राजेश साह र उनका छोरा आनन्द साहका मृत्यु भएको थियो ।
सो घटनापछि संकटमोचन मन्दिर जाने बाटो, सरस्वती स्कूल जाने बाटो, धनुषाधाम स्कूल, जानकी मन्दिरदेखि देवी चोक जाने बाटो, पुराानोवार, महेन्द्रनगरको सखुवा चोकमा शंकास्पद बस्तु फेला परिसकेको छ । ती सबै ठाउँमा कुनै त्यस्तो समाान फेला परेको थिएन । जनकपुरधाममा आतंक फैलाउन केही व्यक्तिले बदमासी गरिरहेको प्रहरी अधिकारीहरुले बताएका छन् ।