कावासोतीमा टोलसुधार समिति गठन


कावासोती (नवलपुर) । पूर्वी नवलपरासीको कावासोती ५ मा पश्चिम टोला टोल सुधार समिति गठन भएको छ ।
कावासोती ५ का वडा अध्यक्ष हरि बास्तोलाको सहभागितामा भएको टोल भेलाले राजकुमारी पुनको संयोजकत्वमा ११ सदस्यीय टोल सुधार समिति गठन गरेको हो ।
जसको सदस्यहरुमा देवबहादुर कानुङ, माया सोमै, लोकबहादुर राना, सुरेस कुमाल लगायत रहेको स्थानीय महेन्द्र थापाले बताए ।
त्यसैगरी भेलाले पूर्णमाया कानुङ संयोजक, भरत भण्डारी र तिलबहादुर कानुङ सदस्य रहेको ३ सदस्यीय सल्लाहाकार समिति पनि गठन गरेको छ ।



सम्बन्धित
Loading...