नबजागरण क्याम्पसमा हुने धनधन्यान्चलको युवा भेला

चोरमारा । नबजागरण बहुमुखी क्याम्पसमा हुने धनधन्यान्चलको तयारी अन्र्तगत युवा भेला गरिएको छ ।
पौष २७ गतेबाट हुने धनधन्यान्चललाई सफल बनाउनका लागि बिभिन्न समुहसंग छलफल तथा अन्र्तक्रीया गर्ने क्रम जारी छ । बिशेष गरि धनधन्यान्चलप्रति युवाको भुमीकालाई जानकारी दिन र आर्थीक सहयोग जुटाउनका युवाहरुले खेल्नुपर्ने भुमीकाको बारेमा बिशेष चर्चा गरिएकोे क्याम्पस व्यबस्थापन समितिका अध्यक्ष तुल्सीराम तिवारीले बताउनुभएको छ । सो अबसरमा बोल्ने बक्ताहरुले शिक्षाको क्षेत्रमा खेलीएको भुमीकालाई कसैले पनि बिरोध सिर्जना गर्न नहुने बताएका थिए । सबै युवाहरु एकजुट भएर लाग्नका लागि बोल्ने बक्ताहरुले जोड दिएका थिए । सो अबसरमा क्याम्पसका प्राचार्य देबिप्रसाद सुबेदी , धनधन्यान्चलका आर्थीक संयोजक प्रकाशचन्द्र पंगेनि , चोरमारा रंगशालाका अध्यक्ष श्याम पौडेल , चक्रबन्धु अधिकारी , भिम हमाल , धर्मराज लुइटेल , सागर ढकाल , राजु पाण्डे लगायतका युवाहरुको उपस्थीति रहेको थियो ।
सो अवसरमा नै रेशम फिरिरि नेपालका अध्यक्ष दिपक पंगेनिले धनधन्यान्चल महायज्ञलाई लक्षीत गरि १२ थान डष्टबिन हस्तान्तरण गरेको छ । धनधन्यान्चल प्रश्चात नबजागरण नमुना मा बिका लागि ६ थान र नबजागरण बहुमुखी क्याम्पसका लागि ६ थान डष्टबिन रहने अध्यक्ष पंगेनिले बताउनुभएको छ ।
धनधन्यान्चलका लागि बाह्य संगै आन्तरिक तयारी समेत तिब्र पारिएको छ । जसअन्र्तगत प्रचाप्रसार संगै क्याम्पस प्रांगणमा पण्डाल निर्माण गर्ने , यज्ञ कुण्ड निर्माण , सरसफाई , रंगरोगन , तारबार लगायतको काम धमाधम भइरहेको छ । भक्तजनहरुको बसाइलाई व्यबस्थीत बनाउनका लागि पण्डाल निर्माणको कार्य भइरहेको धनधन्याचल समिति संयोजक चेतनाथ तिवारीले बताउनुभएको छ ।
क्याम्पसमा अध्ययन गर्ने विधार्थीहरुका लागी सर्वसुलभ शिक्षाको व्यवस्था गर्ने, क्याम्पसलाई भौतिक सुविधायुक्त बनाई गुणस्तर सुनिश्चितता प्रत्यायन क्यिु ए ए प्राप्त गराउन, स्नातक तहमा समयसापेक्ष प्राविधिक शिक्षा तथा छात्रावास सन्चालन गर्न, अति विपन्न परिवारका विद्यार्थीहरुलाई छात्रावृती प्रदान गराउने उदेश्यले महायज्ञको आयोजना गरिएको यज्ञ संयोजक चेतनाथ तिवारीले बताउनुभएको छ ।