ग्रामीण विकास लघुवित्तको पाँचौं वार्षिक साधारण सभा




बुटवल । ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लि.को पाँचांै वार्षिक साधारण सभा पुस २५ गते शुक्रवार बुटवलमा भएको छ ।
सो अवसरमा अध्यक्ष श्री माणिकरत्न शाक्यले संचालक समितिको तर्फबाट वार्षिक प्रतिवेदन प्रस्तुत गर्ने क्रममा संस्थाले आ.व. २०७५/७६ को आषाढ मसान्तसम्म देशका सातवटै प्रदेशमा १८८ वटा इलाका÷शाखा कार्यालय मार्फत विभिन्न ३६३ स्थानीय तहहरूमा लघुकर्जा तथा बचतको माध्यमबाट लघुवित्त सेवा पु¥याएको र उक्त अवधिमा सम्पूर्ण कारोवार पछिको मुनाफा रू. ३२ करोड ११ लाख ६५ हजार गरेको बताए ।
त्यसैगरी लगानीमा रहेको बाँकी कर्जा रू. ९ अर्ब ९० करोड र बचत परिचालन रू. ३ अर्ब २३ करोड रहेको बताउनु हुँदै अध्यक्ष शाक्यले समीक्षा अवधिमा गत वर्षको तुलनामा मुनाफामा २८.१४ प्रतिशत, लगानीमा रहेको बाँकी कर्जामा १४.३७ प्रतिशत र वचत परिचालनमा १७.९७ प्रतिशतले बृद्धि भएको विवरण पेश गरे ।

प्रमुख कार्यकारी अधिकृत पर्वतकुमार कार्कीले स्वागत मन्तव्यका क्रममा गरिबी न्यूनीकरण गर्ने अभियानमा ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लि.ले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउँदै संस्थाको विविध पक्षका वारेमा प्रकाश पारेका थिए ।
सभामा अध्यक्षको प्रतिवेदनमा टिप्पणी गर्दै शेयरधनी नारायण पन्थीले साधारण सभामा आफ्नो राय, सुझाव पेश गरेका थिए ।
साधारण सभामा शेयर धनीले उठाएको जिज्ञासाका सम्बन्धमा संचालक समितिका अध्यक्ष माणिकरत्न शाक्य र प्रमुख कार्यकारी अधिकृत श्री पर्वत कुमार कार्कीले जवाफ दिएका थिए ।
अध्यक्ष शाक्यले नेपाल सरकार र नेपाल राष्ट्र बैंक समेतको लगानी रहेकोे राष्ट्रिय स्तरको यस लघुवित्त वित्तीय संस्थाले आफ्नो सामाजिक दायित्व निर्वाह गर्दै शेयरधनी एवं ग्राहक सदस्यहरुको हित संरक्षण गर्न र शेयरधनीहरुलाई उचित प्रतिफल दिन योजनावद्ध ढंगले कार्य गरिरहेको बताए ।
सोही अवसरमा प्रमुख कार्यकारी अधिकृत पर्वत कुमार कार्कीले संस्थाको समग्र वित्तीय अवस्थामा क्रमशः सुधार भईरहेको, हकप्रद शेयर जारी गरे पश्चात हाल संस्थाको जारी तथा चुक्ता पुँजी रू.९८ करोड २५ लाख पुगेको र पुँजी बृद्धिसँगै संस्थाको पुँजी कोष थप मजवुत भई व्यवसाय विस्तारमा सघाउ पुग्न गएको बताए ।
वार्षिक साधारण सभामा विशेष प्रस्तावहरुमा संस्थाको हाल कायम रहेको अधिकृत पूँजी रू. १ अर्बमा बृद्धि गरी रू.२ अर्ब पु¥याउने तथा यस संस्था र अन्य उपयुक्त कुनै लघुवित्त वित्तीय संस्था एक आपसमा गाभ्ने÷गाभिने तथा प्राप्ति गर्ने प्रयोजनका लागि आवश्यक कार्यहरू गर्न संचालक समितिलाई अख्तियारी प्रदान गर्ने लगायतका सम्पूर्ण प्रस्तावहरू सर्वसम्मतिबाट पारित भएको थियो । साधारण सभाको संचालन संस्थाका कम्पनी सचिव दिपक प्रसाद पाण्डेले गरेका थिए ।



सम्बन्धित
Loading...