अत्यधिक लागुऔषध सेवनका कारण नवलपुरमा एक जनाको मृत्यु




नवलपुर । पूर्वी नवलपरासीको देवचुली नगरपालिका १५ प्रगतिनगर लोकाहा पुलदेखि दक्षिणतर्फ एक जना पुरुषको अत्यधिक लागु औषध सेवनका कारण मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार देवचुली ३ निवासी २६ बर्षीय सुमन घर्तीको अत्यधिक लागु औषध सेवनका कारण मृत्यु भएको हो । यद्दपि उनको शव पोष्टमार्टम पछि मात्र विस्तृत विवरण आउने प्रहरीले जनाएको छ ।
उनको शरिरमा लागुऔषध प्रयोगका लागि लगाइएको सुईका निसानहरु र उनको साथबाट केही मात्रामा लागुऔषध पनि बरामद भएको प्रहरीले जनाएको छ ।

 





लोकाहा पुलबाट केही पर दक्षिणतर्फ स्थानीयले एक जना पुरुष मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेको थियो ।
शवको मुचुल्का उठाएर शवको पोष्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र दुम्कौली पठाईने अस्थाई प्रहरी पोष्ट दलदलेले जानकारी दिएको छ ।

 

 



सम्बन्धित
Loading...