काठमाण्डाैंमा गाेली चल्याे
काठमाडौंको जम्बुडाँडामा गोली चलेको छ । प्रहरीको खोजी सूचीमा रहेका सिन्धुपाल्चोकका विष्णु लामालाई नियन्त्रणमा लिने क्रममा प्रहरीले गोली चलाएको हो ।
महानगरीय प्रहरी वृत्त बौद्धका डीएसपी रमेशबहादुर सिंहका अनुसार पक्राउ गर्ने क्रममा भाग्न खोजेपछि लामाको खुट्टामा गोली प्रहार गरिएको हो ।
गोली हानिएका लामामाथि सिन्धुपाल्चोककी एक महिलालाई चिर्पटले हानेर हत्या गरेको तथा काठमाडौं मेडिकल कलेजका एक विद्यार्थीमाथि खुकुरी प्रहार गरेको अभियोग छ ।
खुट्टामा गोली लागेका लामालाई उपचारका लागि अस्पताल भर्ना गरिएको डीएसपी सिंहले बताए ।
