विप्लवका पश्चिम दाङ सेक्रेटरी पक्राउ




दाङ,पुस २८ । प्रतिवन्धित विप्वल नेतृत्वको एकजना जिल्ला नेतालाई प्रहरीले पक्राउ गरेको छ ।
विप्लवका जिल्ला कमिटी सदस्य तथा पश्चिम दाङका सक्रेटरी ईश्वरी पाण्डेलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।
पाण्डेलाई तुलसीपुर उपमहानगरपालिका वडा नं. ९ शिवपुर गहतेवाट विहान सवा ९ बजेतिर पक्राउ परेका हुन । जिल्ला प्रहरी कार्यालय दाङवाट साधा पोशाकमा खटिएका प्रहरीले पाण्डेलाई पक्राउ गरेको थिए ।
प्रहरीका अनुसार असोज महिनामा राजपुर गाउँपालिकावाट २१ जना नेता कार्यकर्ता पक्राउ परेपछि पाण्डेले जिल्लामा विप्लवको गतिविधि सञ्चालन गर्ने उनी नै एक्ला नेता थिए । ‘पाण्डेले व्यापारी तथा विभिन्न संघ संस्थालाई थर्काउँदै चन्दा आतंक फैलाएको भन्ने गुनासो बढेपछि पक्राउ गर्नु परेको हो,’ एक प्रहरी अधिकारीले भने ।
यसैबीच विप्वलका एकजना नेताले एम्वुलेन्समा झुक्काएर गएको प्रहरीले पाण्डेलाई पक्राउ गरेको भन्दै आपत्ति जनाएका छन् ।

‘विरामीको बाहानामा एम्वुलेन्समा गएका साधा प्रहरीले पाण्डेलाई झुक्काएर गहुँवारीमा लखेटी लखेटी पक्राउ गरेको भन्ने छ,’ती नेताले भने ‘प्रहरी प्रशासनको त्यो भन्दा घृर्नित कार्य अर्कौ हुन सक्दैन।’
पाण्डेलाई पक्राउ गरेपछि मात्रै प्रहरीले आफ्नो भ्यान बोलाएर ईलाका प्रहरी कार्यालय तुलसीपुरमा ल्याएको छ । पाण्डे पक्राउ परेको बारे प्रहरीले आधिकारीक रुपमा कुनैपनि जानकारी दिएको छैन ।




विप्लव छोडेको घोषणा

घोराही उपमहानगरपालिका वडा नं. ११ निवासी भिमबहादुर विकले अवदेखि स्वतन्त्र जीवन यापन गर्ने चाहाना व्यक्त गरेका छन् । विप्लव नेतृत्वको नेकपाको दलित मुक्ति मोर्चामा रहेर काम गर्दैै आएका भनिएका विकले पछिल्लो समय पार्टीले बमविष्फोट, हत्या हिंसा जस्ता गलत वाटो अंगाल्न थालेको हुँदा चित्त नबुझेर पार्टी परित्याग गरेको जारी विज्ञप्तिमा उल्लेख छ ।
जिल्ला प्रहरी कार्यालय रोल्पाका एक प्रहरी अधिकारीले जारी गरेको विकको बक्तव्यमा अवदेखि स्वतन्त्र नागरिक भएर जीवन यापन गर्ने चाहाना पनि व्यक्त गरेको कुरा उल्लेख गरिएको छ ।



सम्बन्धित
Loading...