आज मगर समुदायको नयाँ वर्ष

आज माघ १ गते माघे संक्रान्ति पर्व यो पर्व देशभर भव्यरुपमा मनाइन्छ । नेपालका विभिन्न जाति र समुदायले यस पर्वलाई आआफ्नै सांस्कृतिक र ऐतिहासिक महत्वको रुपमा मनाउने गर्छन् । मगर समुदायमा यो पर्वलाई नयाँ वर्षको रुपमा पनि मनाइन्छ ।
यस पर्वको अवसरमा मगर समुदयका मानिस सामुहिक रुपमा नाचगान गर्छन् । साथै मिठा परिकार खाने चलन पनि छ ।
माघे सकरातीको अवसरमा मगर समुदायले गर्मी शुरू हुने दिनको रुपमा तरुल खाने गरेका छन् । माघेमा तोरण तार्ने, चेलीबेटीलाई पुज्ने, तरुल खाने, बटुक खाने चलन समेत रहेको छ ।