भुकम्प सुरक्षा दिवसमा कावासोतीमा सचेतनामूलक कार्यक्रम (भिडियो सहित)
https://www.youtube.com/watch?v=hEwUfh0WKiI
कावासोती । २२ औं भुकम्प सुरक्षा दिवसको अवसरमा विहीबार कावासोतीमा प्रभाव फेरी गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय नवलपुरको आयोजनामा विभिन्न संघसंस्थाको सहभागितामा र्याली निकालिएको हो ।
र्याली फलफूल चोकबाट इन्द्रचोक पुगी पुन कोण सभामा परिणत भएको थियो ।
र्यालीमा कावासोतीमा रहेका विभिन्न संघसंस्थाका प्रतिनिधि, पत्रकार, सुरक्षाकर्मी लगायतको सहभागिता रहेको थियो ।
प्mलफूल चोकमा भएको कोण सभामा हात्तीखोरमा रहेको नेपाली सेनाको टोलीले भुकम्पको बेलामा कसरी उद्दारमा जुट्न र कसरी आफूलाई सुरक्षित राख्ने भनेर छोटो सडक नाटक प्रस्तुत गरेका थिए ।


