नवलपरासीमा एम्बुलेन्सको ठक्करबाट एक जनाको मृत्यु

नवलपरासी, २ माघ । पूर्वी नवलपरासीको दुवचुली नगरपालिका १५ मा गएराति एमबुलेन्सको ठक्करबाट एक जनाको निधन भएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपरासीका अनुसार पूर्वबाट पश्चिम जाँदै गरेको ना १ च ९३६ नम्बरको एम्बुलेन्सको ठक्करबाट ना २७ प २४३५ नम्बरको बाइकलाई ठक्कर दिंदा देवचुली १३ निवासी अन्दाजी २२ बर्षीय सुरश गुरुङको मृत्यु भएको हो ।
दुर्घटनामा परी गम्भीर घाइते गुरुङको उपचारको लागि पुरानो मेडिकल कलेज चितवन पठाइएकोमा उनलाई राति नै अस्पतालले मृत घोषणा गरेको थियो ।
त्यसैगरी दुर्घटनामा सोही स्थानका अर्जुन तामाङ गम्भीर घाइते भएका छन्