एमसीसीकाे विरोध गर्नेलाई सुतिरहेकै अवस्थामा पक्राउ
अमेरिकी परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को विरोध गरेको भन्दै भोजपुरबाट प्रहरीले एकजनालाई सुतिरहेकै अवस्थामा पक्राउ गरेको छ । एमसिसीको विरोध गरेको आरोपमा भोजपुर नगरपालिका देउराली निवासी भीम इशारा राई र विदुर राईसहित तीनजनालाई प्रहरीले पक्राउ गरेको हो ।
बिहीबार भोजपुरको देउराली चोकबाट प्रहरीले नियन्त्रणमा लिन खोजेको थियो । स्थानीयले प्रतिकार गरेपछि फर्किएको प्रहरीले उनीहरुलाई बिहीबारै राति आफ्नो घरमै सुतिरहेको अवस्थामा राइलाई पक्राउ गरेको हो । स्थानीयले डिएसपी नरबहादुर सलामी मगरलाई शान्तिपूर्ण प्रदर्शन गर्न दिन अपिल गरेका थिए।
तर उनले एमसिसीको विरोधमा उत्रिनेलाई थुन्नैपर्ने भन्दै प्रहरी खटाएका थिए । राईले देउराली चोकमा नो एमसिसी लेखिएको ब्यानर नै टाँगेका थिए। उनले सामाजिक सञ्जालमा पनि एमसिसीको विरोध जनाइरहेका बेला पक्राउ परेका हुन् ।
आन्दोलनमा उत्रिएकाले प्रहरी प्रसाशनले ज्यादति गरेको प्रतिक्रिया दिएका छन् । शान्तिपूर्ण रुपमा गरिएको आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेको गुनासो उनीहरुले गरेका छन् ।