बाख्रा चराउन गएकी युवतीमाथि बलात्कार, तीनजना पक्राउ
वीरगञ्ज । जबरजस्ती करणी गरेको आरोपमा तीन जना पक्राउ परेका छन् । बाख्रा चराउन गएकी एक युवतीमाथि बलात्कार गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा बाराको जितपुर सिमरा उप महानगरपालिका–२० का २५ वर्षीय शेष जमिन आलम, सोही वडाका १८ वर्षीय नैमुदिन अन्सारी र १९ वर्षीय शेष समी अख्तर रहेका छन् ।
उनीहरुले गत बाख्रा चराउन गएको समयमा २० वर्षीय युवतीलाई उखुबारीमा लगेर जबजस्तीकरणी बलात्कार गरेको प्रहरीले जनाएको छ ।
जबरजस्ती करणी गरिरहेको बेला स्थानीय वीरेन्द्र प्रसाद चौरासियाले उद्धार गरि प्रहरीलाई खबर गरेका थिए । आरोपितहरुले चौरासिया र पीडित युवतीलाई घटनाबारे कसैलाई भनेमा ज्यान मार्ने धम्की दिएका थिए ।