एमसीसीको विषयमा पार्टीमा निर्णय भईसकेको छैनः नेकपा प्रवक्ता श्रेष्ठ


  • अर्जुन अविरल –


नेपाल कम्युुनिष्ट पार्टी (नेेकपा) का प्रवक्ता नारायणकाजी  श्रेष्ठलेे अमेरिकी परियाेजना मिलिनियम च्यालेन्ज कर्पाेरेेसन (एमसीसी) काे विषयमा पार्टीबाट निर्णय भई नसकेकाे बताएका छन् ।




पार्टीमा बहस चलिरहेकाे भए पनि निर्णय भईसकेकाे  छैन, सचिवालयकाे बैठक बसे पछि मात्रै लिने नलिने निर्णय हुने बताएका छन् । राष्ट्रहित विपरित कुनै पनि काम पार्टीले  निर्णय नगर्ने समेत बताएका छन् ।

राष्ट्रिय सभा निर्वाचनकाे सन्दर्भमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नवलपुरद्वारा आयाेजना गरिएकाे उम्मेद्वार, मतदाता र अगुवा कार्यकर्ता बीच भेटघाट कार्यक्रममा कावासाेती आएका पार्टी प्रवक्ता श्रेष्ठले पार्टीकाे वैचारिक कार्यदिशा र राजनैतिक कार्यदिशाकाे बारेमा प्रष्ट पारेका थिए ।

कार्यक्रमका श्रेष्ठले राजनीतिक परिवर्तन र क्रान्तिलाई नयाँ प्रयाेगमा लान पार्टी एकता भएकाे बताएका थिए । राम्राे काम गर्न समय लाग्ने भएकाले सरकारकाे काम राम्राे देखिन समय लागेकाे बताएका थिए ।

साेही कार्यक्रममा प्रवक्ता श्रेष्ठले ७७ सालमा पार्टीकाे महाधिवेशन हुन्छ र साेही समयसम्म हाम्रा विवादमा रहेका कुराहरूलाई थाती राखेकाे  पनि बताए । गण्डकी प्रदेशबाट राष्ट्रिय सभा निर्वाचनकाे उम्मेदवार समेत रहेका नारायणकाजी श्रेष्ठ र भगवती न्याैपाने नवलपुरमा रहेकाे भेटघाट कार्यक्रममा आईपुगेका हुन् ।

यही माघ ९ गते  राष्ट्रिय सभाकाे निर्वाचन मार्फत्  १८ जना सदस्यहरू निर्वाचित हुनेछन्  र १ जना राष्ट्रपतिले मनाेनित गर्नु हुनेछ ।  १८ मध्ये १६ सदस्यमा ने क पाले उम्मेदवार दिएकाे छ भने २ सदस्य २ नं. प्रदेशमा राजपालाई समर्थन गर्दै अाफ्नाे उम्मेदवार दिएकाे छैन ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नवलपुरका जिल्ला अध्यक्ष राेशन बहादुर गाहाकाे अध्यक्षतामा कार्यक्रम कावासाेतीकाे सितारा पार्टी प्यालेसमा सम्पन्न भएकाे हाे ।



सम्बन्धित
Loading...