अन्नपूर्ण बेसक्याम्पबाट पाँच जनाको जीवितै उद्धार




अन्नपूर्ण आधार शिविरमा घुम्न गएका चार कोरियाली नागरिक र दुई नेपाली पथप्रदर्शकसहित ६ जना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी उपरीक्षक (एसपी) दानबहादुर कार्कीका अनुसार अन्नपूर्ण आधार शिविर पुगेका नौ कोरियाली नागरिकको टिममध्ये एक नेपालीसहित पाँच जनाको जीवितै उद्धार गरिएको छ।

उद्धार गरिएका पाँचै जनालाई आधार शिविरबाट हिमालय भन्ने स्थानमा ल्याएर राखेको बताउँदै उनले मौसम सुधार हुनासाथ हेलिकप्टरमार्फत पोखरा ल्याइने जानकारी दिए ।




अत्यधिक हिमपातसँगै आएको हिमपहिरोका कारण बाँकी चार जना कोरियन नागरिक र दुई जना नेपाली गाईड सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ । ‘मोबाइलको चार्ज सकिएर पनि सम्पर्क हुन नसकेको हुनसक्दछ, सो क्षेत्रका स्थानीय पर्यटन व्यवसायी र प्रहरीसहितको सात जनाको टोली अहिले उद्धारका लागि छुमरुङ पुगिसकेको प्रहरी उपरीक्षक कार्कीले जानकारी दिए ।

हिमपहिरोमा परी बेपत्ता भएकाको उद्धारका लागि आवश्यक सामग्रीसहितको पाँच जनाको अर्को टोली पनि छुमरुङ पुगेको कार्कीले बताए ।



सम्बन्धित
Loading...