चौथो डडेल्धुरा महोत्सव हुने
दिपकराज भट्ट
डडेल्धु्रा । फागुन ८ देखि १८ गतेसम्म चौथो डडेल्धुरा महोत्सव हुने भएको छ । सुदूपश्चिम प्रदेश स्तरीय कृषि, पर्यटन, औद्योगीक मेला तथा चौथो डडेल्धुरा महोत्सव डडेल्धुरा उद्योग वाणिज्य संघले आयोजना गर्ने जनाएको छ ।
भ्रमण बर्ष २०२० लाई सफल बनाउने उद्देश्यले महोत्सवको आयोजना गर्न लागिएको डडेल्धुरा उद्योग वाणिज्य संघका अध्यक्ष लोकराज भट्टले बताए ।
केही वर्ष यता अन्य संघ संस्थाले महोत्सव गर्ने गरेका थिए । महोत्सवले पर्यटकीय क्षेत्रको विकासका साथै यहाँको आर्थिक गतिबिधीमा समेत प्रत्यक्ष लाभ पुग्ने महासचिव खेमराज अवस्थीले बताए ।