नेकपा (क्रान्तिकारी माओवादी) बर्दघाटले नगर भेला गर्ने




बर्दघाट। नेकपा (क्रान्तिकारी माओवादी ) बर्दघाट नगर समितिले संगठन सुदृढ अभियान अन्तरगत नगर कमिटीको भेला गर्ने भएको छ । यही माघ १३ गते क्रान्तिकारी माओवादी बर्दघाट नगर कमिटीले नगर भेला तथा प्रशिक्षण कार्यक्रम गर्ने नगर सेक्रेटरी क्रािन्तले बताए । शनिवार सम्पन्न नगर कमिटीको बैठकले माघ १३ गते नगर भेला तथा प्रशिक्षण गर्ने निर्णय गरेको हो ।

बैठकले नगरमा धुब्रीकरण अभियान समेत संचालन गर्ने र माघ १५ पछि राष्ट्रिय स्वाधीनताको आन्दोलनमा नगरको तर्फबाट सक्रियतापूर्वक लाग्ने निर्णय लिएको बताइएको छ ।




बैठकमा जिल्ला सेक्रेटरी चोलाको प्रमुख आतिथ्यता रहेको थियो । बैठकमा प्रमुख अतिथि चोलाले राष्ट्रियता राष्ट्रिय स्वाधीनता जनतन्त्र र जनजिविकाको रक्षका लागि संर्घष गर्दै संगठनलाई चुस्त दुरुस्त बनाउनुपर्नेमा जोड दिए । कार्यक्रममा प्रदेश सदस्य समर,जिल्ला सचिवालय सदस्य विवेक, न्युक्लियसलगायतका नेताहरुको आतिथ्यता रहेको थियो । बैठक नगर सेक्रेटरी क्रािन्तको अध्यक्षतामा भएको थियो । यसअघि क्रािन्तकारी माओवादी जिल्ला सचिवालयको विस्तारित प्रशिक्षण बर्दघाट –१६ मा भएको थियो ।



सम्बन्धित
Loading...