सुनवलमा अपाङ्गता परिचय पत्र वितरण सुरु
- उर्मिला यादव
सुनवल, ६ माघ । पश्चिम नवलपरासीको सुनवल नगरपालिकामा अपाङ्गता भएका व्यक्तिहरुलाई आजदेखि परिचय पत्र वितरण गर्न सुरु गरेको छ । जस अन्र्तगत वडा नम्बर ११ मा आज एक कार्यक्रमका बीच अपांगता भएका ब्यक्तिहरुलाई परिचय पत्र वितरण गरिएको छ ।
सुनवल नगरपालिका वडा नम्बर ११का वडाध्यक्ष देवी लाल डुम्रको अध्यक्षता तथा सुनवल नगर उपप्रमुख दधिराम अर्यालको प्रमुख आथित्यतामा परिचय पत्र वितरण गरिएको हो । आज सोमबार वडा नम्बर ११ भित्रका अपाङ्गता भएका ब्यक्तिहरुलाई परिचय पत्र बितरण गरिएको हो ।
४ वर्गमा वितरण गरिएको सो परिचय पत्र क वर्गमा २ जना, ख वर्गमा १८ जना, ग वर्गमा ४ जना र घ वर्गमा ५ जना गरी २९ जना अपांगता भएका ब्यक्तिहरुलाई परिचय पत्र वितरण गरिएको सुनवल नगरपालिकाको महिला तथा बालबालिका शाखा प्रमुख केशरी गैरेले जानकारी दिए ।
त्यस्तैगरी मंगलबार सुनवल नगरपालिका वडा नम्बर १२ मा अपाङ्गता परिचय पत्र वितरण गरिनेछ भने नगरपालिकाको हरेक वडामा माघ १९ गते सम्म लगातार वितरण गरिने गैरेले जानकारी दिए ।
कार्यक्रममा सुनवल नगरपालिका प्रमुख प्रशासकिय अधिकृत रामलाल श्रेष्ठ , सुनवल नगरपालिकाको महिला तथा बालबालिका शाखा प्रमुख केशरी गैरे, वडा नम्बर ११ का जनप्रतिनिधी लगायत वडा नम्बर ११ मा अपांगता भएका ब्यक्तिहरुको सहभागिता रहेको थियो ।
त्यसैगरी आज कावासोती नगरपालिकामा छुटपुट रहेको १५ जनालाई अपाङ्गता परिचय पत्र वितरण गरिएको छ ।