जुम्लामा ट्याक्टर दुर्घटनामा परी बालकको मृत्युु
जुम्लाको पातरासी गाउँपालिका -६ वातामा ट्याक्टर दुर्घटनामा परी एक बालकको मृत्युु भएको छ। मृत्यु हुनेमा सोही गाउँका सात वर्षे सुदिप बुढा रहेका छन्।
चालक सहित चार जना सवार उक्त ट्याक्टर दुर्घटना हुँदा बुढाको घटनास्थलमै मृत्यु भएको डिएसपी लाल बहादुर धामीले बताए।
सोमबार ७ बजे वाताबाट मकै लोड गरेर जुम्ला बजारतर्फ आउँदै गरेको अवस्थामा भे १ ट ७३८५ नम्बरको ट्याक्टर बाटोबाट २ सय मिटर तल खसेर दुर्घटना ग्रस्त भएको धामीले प्रहरीले जनाएको छ।
ट्याक्टरमा सवार वाताका कमल बुढा र चालक पातरासी – २ का विजय कामी गम्भीर घाइते भएका छन् भने वाताका हिर बहादुर महतारा समान्य घाइते छन्।
शव पोष्ट माटमको लागि कर्णाली स्वास्थ विज्ञान प्रतिष्ठानमा राखिएको छ भने घाइतेहरुको उपचार भैरहेको छ।दुर्घटनाको कारणबारे घटनास्थलमा टोली खटाइ अनुसन्धान भइरहेको धामीले बताए।