हुप्सेकाेट गाउँपालिकाकाे जीपकाे ठक्करबाट बालककाे मृत्यु, ३ जना घाईते




कावासाेती । पूर्वी नवलपरासीकाे हुप्सेकाेट गाउँ पालिकाकाे ग १ ज ३८९ नम्बरकाे जीपकाे ठक्करबाट एक जना बालककाे निधन भएकाे छ ।

हुप्सेकाेट गाउँपालिकाकी उपाध्यक्ष स्वतन्त्र काेपिला मल्ललाई घर छाडेर फर्कदै गर्दा जीप अनियन्त्रित भई जीप नजिकैकाे घरमा ठाेक्किन पुगेकाे थियाे ।



जिपकाे ठक्करबाट घरमा खेली रहेका ७ बर्षीय बालक दीपु गाहाकाे निधन भएकाे छ । निजका अामा २७ बर्षीय मीना गाहा घाईते भएका छन् ।
त्यसैगरी ५५ बर्षीय भिमबहादुर लुङ्गेली र अर्का एक जना घाईते भएका छन । घाईतेहरूकाे चितवन मेडिकल कलेजमा उपचार भईरहेकाे छ ।


सम्बन्धित
Loading...