हुप्सेकाेट दुर्घटना: गाउँपालिकामा तालाबन्दी, बजार र यातायात बन्द




कावासाेती । पूर्वी नवलपरासीकाे हुप्सेकाेट गाउँपालिकाकाे जीपकाे ठक्करबाट बालककाे मृत्यु भएपछि स्थानीयले त्यसकाे विराेधमा गाउँपालिका कार्यालयमा तालाबन्दी गरिदिएका छन् ।

स्थानीयले हुप्सेकाेटकाेे झ्यालबास बजार बन्द गराएका छन् भने यातायात समेत बन्द गराएका छन् ।



गाउँपालिकाका कर्मचारी (अधिकृत) शिव सुवेदीले हुप्सेकाट गाउँपालिकाकाेे उपाध्यक्ष र प्रमुख प्रशाशकीय अधिकृत चढ्ने ग १ ज ३८९ नम्बरकाेे जीप लिएर सिक्न जाँदा दुर्घटना भएकाे हाे ।

गाडीका चालक नभएको र गाउँपालिकाका कर्मचारी (अधिकृत) शिव सुवेदीले गाडी सिक्ने क्रममा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा पाँच बर्षीय बालकको ज्यान गएको छ भने दुई जना गम्भीर घाइते छन् । सुवेदी फरार छन् ।

जीप बाटाे छाडेर घर ठाेक्किन पुगेकाे थियाे । घरकाे आगनमा खेली रहेका बालक दीपु गाहाकाे निधन भएकाे थियाे ।


सम्बन्धित
Loading...