सिजि गल्फ रिट्रिटमा टेम्पल टाईगर गल्फ टुनामेन्ट २०२०” हुदै
नवलपुर । सिजि गल्फ रिट्रिट दुम्कौलीर्मा टेम्पल टाईगर गल्फ टुनामेन्ट २०२०” हुने भएको छ । चौधरी उद्योग ग्राममा रहेको गल्फ रिट्रिटमा –फेब्रुअरी १) माघ १८ गते खेल हुने भएको हो । बुधवार कावासोती वडा नं. १५ अवस्थीत टेम्पल टाईगर रिसोर्टमा आयोजित पत्रकार सम्मेलनमा सन् २०२० भ्रमण वषको अवसरमा भ्रमण वर्षलाई टेवा पुराउने उद्देश्यले खेलको आयोजना गरीएको आयोजकले बताएको छ ।
चितवन र नवलपुरलाई भ्रमण बर्षको अवसरमा नया आयाम थप्ने उद्देश्यका साथ टुनामेन्टको आयोजना गरीएको टेम्पल टाईगरका प्रमुख बसन्त राज मिश्रले बताए । ३७ खेलाडि सहभागि हुने गल्फ खेलमा काठमाण्डौ, पोखरा, धरान, चितवन र नवलपुरका खेलाडि सहभागि रहने बताईएको छ ।
अन्य पर्यटकले भन्दा २० प्रतिशत बढि रकम गल्फ खेल्ने पर्यटकहरुले खर्च गर्ने हुदा आर्थिक रुपमा यस क्षेत्रको बिकास हुने भएकाले पनि खेलको आयोजना गरीएको छ । खेलका साथ पर्या–पर्यटन भन्ने नाराका साथ आयोजना गरीएको खेलमा ९ जना महिला खेलाडि समेतको सहभागिता रहने गल्फ खेलका कोच क्याप्टेन सुदिर राईले पत्रकार सम्मेलनमा बताए । माघ १८ गते हुने गल्फ टुनामेन्ट निशुल्क खेलाईने आयोजकले जानकारी गराएको छ ।