भारतीय ट्रककाे ठक्करबाट दुई जना घाइते



कावासोती । बर्दघाट सुस्ता पूर्व नवलपरासीको कावासोती ८ को खरकट्टा जङगलमा पूर्वपश्चिम राजमार्ग पूर्वबाट पश्चिम आउदैँ गरेको एच अार ३८ भी २७४४ नम्वरको भारतीय ट्रकको ठक्करबाट २ जना घाइते भएका छन्।



ट्रकले अन टेष्ट स्कुटरलाई ठक्कर दिएकाे हाे । दुर्घटनामा परी स्कुटर चालक गैंडाकोट ८ निवासी ५० बर्षिय टिकाराम सापकोटा र स्कुटर पछाडी बसेका सोही गैंडाकोट ८ निवासी ५८ बर्षिय खगराज सापकोटा पनि घाइते भएका छन् ।
उक्त घाइतेहरुको कालिगण्डकी अस्पतालमा उपचार भैरहेको र ट्रक र चालकलाई प्रहरीको नियन्त्रणमा लिएकाे छ ।



सम्बन्धित
Loading...